प्रशासनले गर्यो नसोचेको निर्णय, भोलीदेखी एक हप्ताको लागि बन्द

समाचार

सर्लाही । सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयका ६ जना कर्मचारीमा कोरोना सं’क्रमण देखिएपछि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय बन्द गर्ने निर्णय गरिएको छ ।शान्ति सुरक्षा र विपद् व्यवस्थापनका काम बाहेक जिल्ला प्रशासन कार्यालय एक हप्ता सम्मको लागि बन्द गर्ने निर्णय गरिएको हो । केहि दिन अघि जिल्ला प्रशासन कार्यालयका एक जना नायव सुब्बामा कोरोना सं’क्रमण पुष्टि भएपछि बिहिवार २२ गते जिल्ला प्रशासन कार्यालयका कर्मचारी सहित ७१ जनाको स्वाब कोरोना परिक्षणको लागि संकलन गरिएको थियो ।

शनिवार आएको रिपोर्टमा ११ जनामा कोरोना पोजेटिभको पुष्टि भएको छ ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, एक जना प्रशासकीय अधिकृत लगायत जिल्ला प्रशासन कार्यालयका ५ जना कर्मचारी रहेको जिल्ला प्रशासन कार्यालयका प्रसासकीय अधिकृत राम प्रमोद यादबले जानकारी दिए । अन्य बाँकी ६ जना थुनुवा र अन्य कार्यालयका कर्मचारी रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारी नै कोरोना संक्रमित भएपछि कोरोना जोखिमलाई न्युनिकरण गर्न असोज २५ गते आईतबार देखि ३० गते शुक्रवार सम्म सम्पूर्ण सेवाहरु बन्द हुने गरी सूचना नै जारी गरिएको प्रसासकीय अधिकृत यादबले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *