७२ लाख रुपैयाँ पर्ने यो हो संसारकै महँगो सिरानी !

समाचार

राम्रो निद्रा हाम्रो स्वास्थ्यका लागि पनि महत्वपूर्ण छ । राम्रो निद्रा पर्नका लागि ओछ्यान पनि गतिलो हुनुपर्दछ । सिरक, डसनादेखि सिरानीसम्मको गुणस्तर र प्रकारले निद्रामा प्रभाव पार्दछन् । तपाईंले कपासदेखि फाइबरसम्मका अनेक आकार प्रकारका सिरानी देख्नुभएकै होला । तर के तपाईंले ७२ लाख रुपैयाँ मूल्य पर्ने सिरानी देख्नुभएको छ ?

नेदरल्याण्डमा उत्पादन गरिएको उक्त सिरानी संसारकै महँगो सिरानी हो । मानिसको स्वास्थ्यलाई ध्यानमा राख्दै एकजना फिजियोथेरापिस्टले उक्त सिरानीको डिजाइन गरेका हुन् ।

उक्त सिरानी तयार गर्नमा पूरै १५ वर्ष लागेको थियो भने त्यस विषयमा विभिन्न अनुसन्धान समेत गरिएको थियो ।संसारकै महँगो यो सिरानीको मूल्यचाहिं ५७ हजार डलर अर्थात् करिब ७२ लाख रुपैयाँ पर्दछ ।

यो सिरानीको भित्र भरेको कवाल रोबोटिक मिलिङ मेसिनले भरेको हो । यो सिरानीको चेनमा ४ वटा हिरा जडान गरिएको छ भने एउटा निलम पनि जडित छ । यो सिरानीलाई एउटा ब्राण्ड बक्समा प्याक गरी बेचिन्छ ।अनिद्राको समस्या भएका मानिसहरू यो सिरानीमा मज्जाले निदाउन सक्ने शोधकर्ताको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *