काठमाडौं । गायिका दिलमाया सुनारको हत्या आशंकामा समातिएका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।उनले आफ्नै प्रेमीका सुनारलाई पैसाका कारण मारेको आशंका प्रहरीले गरेको छ ।
गत शनिबार सुर्खेतको गुर्भाकोट नगरपालिका २ की ३३ वर्षीया दिलमाया कामी (सुनार) काठमाडौंस्थित आफ्नै कोठामा मृत भेटिएकी थिइन् ।तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित एक घरमा डेरा गरी बस्ने दिलमायाको हत्या आशंकामा उपत्यका अपराध अनुसन्धान महाशाखाले सिन्धुपाल्चोकको साँगाचोकगढी–२ का सूर्य श्रेष्ठलाई पक्राउ गरेको थियो।
पक्राउ परेका श्रेष्ठले दिलमायाले झुण्डिएर आत्महत्या गरेको बयान दिएका छन् । तर दिलमाया झुण्डिएको भनिएको पासो महाराजगञ्जमा सडकको नालीमा फेला परेको छ । उक्त सल श्रेष्ठले नै त्यहाँ फालेको खुलेको छ ।
मृतकको मोवाइल अझै भेटिएको छैन । यस्तै मृतकका आफन्त आइतबार साँझ आइपुगेपछि पोष्टमार्टम गरिएको छ । तर रिपोर्ट आउन बाँकी रहेको बालाजु वृत्तका डीएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।