५ जना पुरुषसँग विबाह गरेर डिर्भोस माग्दै पैसा असुल्दै आएकी भावना पुर्पक्षका जेल चलान

समाचार

पाँच जना पुरुषसँग विबाह गरेर डिर्भोस गरेकी भावना तामाङलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । भक्तपुर जिल्ला अदालतले हनि ट्रयापको अभियोगमा प्रहरी हिरासतमा रहेकी भावना निर्दोष नदेखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएसँगै भावनाका अहिलेसम्म गोप्य रहेका रहस्यहरु बाहिर आएका छन् ।

भावनाका पछिल्ला अर्थात पाँचौ पति फुर्वा मोक्तानले भावना तामाङविरुद्ध १ करोड ४५ लाख रुपैयाँ बराबरको सम्पत्ति हडपेको भन्दै असार १० गते शुक्रबार भक्तपुर जिल्ला अदालतमा मुद्दा दायर गरेसँगै उनले आँफुबाहेक अन्य चार युवासँग विवाह गरेको प्रमाणसमेत अदालतमा पेश गरेका थिए।

फुर्वा मलेसियामा रहेका बेला भावनाले आँफुलाई अविबाहित भन्दै विश्वास दिलाएको, बिवाहको प्रलोभन देखाएर बिवाहको नाटकसमेत गरी आफूसँग करिब १ करोड ४५ लाख रुपैयाँ नगद लिएको र पछि सम्पर्कविच्छेद भएको भन्दै उनीविरुद्ध उजुरी दिएपछि थप रहस्यहरु खुल्दै गएका छन् ।

अदालतले अभियोगपत्र मिसिल संलग्न तथ्य र प्रमाणका आधारमा तत्कालप्राप्त प्रमाणबाट भावना निर्दोष नदेखिएको भन्दै उनलाई पुर्पक्षका लागि थुनामै पठाउन आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *