अब घरबाटै मतदाता नामावली दर्ता पाइने।यसरी गर्नुहोस् नामावली दर्ता।

समाचार

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ ।निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा पुग्नुपर्ने बाध्यता अन्त्य हुनेछ ।

आयोगले सो प्रयोजनका लागि आवश्यक सफ्टवेयर तयार गरिसकेको छ । पूर्वसूचीकृत गर्ने कार्य अन्तिम चरणमा छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी १० दिनभित्र अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने जानकारी दिए ।

हाल बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम -बीभीआरएस- मार्फत नामावली दर्ता भइरहेको छ । उक्त प्रणालीलाई स्तरोन्नति गर्न लागेको आयोगले जनाएको छ । उनले सो प्रणाली सञ्चालनमा आएपछि सम्बन्धित कार्यालयहरूमा नामावली दर्तासम्बन्धी कार्यबोझ ७० प्रतिशतले कमी आउने बताए ।

मोबाइलबाट आफ्नो विवरण राख्न सकिने गरी सफ्टवेयर डिजाइन गरिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा रहेकाे छ ।

याे पनि, टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेका छन् । शुक्रबार राति सम्पन्न ग्रान्ड फिनालेमा उपाधिसँगै यो जोडीले १५ लाख रुपैयाँ पुरस्कार  प्राप्त गरेको छ ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै २ लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भयो । विजेतालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाललले पुरस्कार र ट्रफी प्रदान गरे ।

एपमार्फत शोमा सहभागीमध्ये सरस्वती धिमाल उत्कृष्ट भइन् । उनले शोको आगामी सिजनमा स्टारको रुपमा प्रतिस्पर्धा गर्ने मौका पाएकी छन् । गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए ।

गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक रहेको शोको फिनालेमा गायिका प्रविशा अधिकारीले सांगीतिक प्रस्तुति समेत दिएकी थिइन् । डान्सिङ स्टार्स नेपाललाई लक्ष्मण पौडेलले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *