रोल्पा देखी आयो अत्यन्तै डरलाग्दो खबर

समाचार

रोल्पामा एक युवती मृ त फेला परेकी छिन । मृ त फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन् ।विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशङ्का गरिएको छ । मृत कको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्यूटीपार्लर तालिममा सहभागी थिइन् । उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन् ।

त्यस्तै, पोखराका युवा विद्यार्थीहरुले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पूराना र नयाँ किताव किनेर उनीहरुले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरुले यस्तो अभियान सुरु गरेका हुन् ।

एजुकेट नेपाल नारा दिएर उनीहरुले अभियान सुरु गरेको सदस्य देव भुजेलले जानकारी दिए । देवसँगै स्मित लामिछाने, कृष्ण पौडेल, प्रदिप भट्टराई, सन्चिता थापा, विवस रिजाल, सुशान पौडेल, निदेश महत र गौरी भुजेलले किताव संकलन अभियान थालेका छन् ।

५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई किताव र कापी संकलन गरेर पठाउन लागिएको हो । विशेषगरी कालिकोट जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गर्न लागिएको भुजेलले बताए । हालसम्म संकलित पुस्तक लिएर केही विद्यार्थी कालिकोटतर्फ गएका छन्।

‘किताव नपाएर पढ्न नसकेको समाचार हामीले सुन्यौं,’ उनले भने, ‘हामीले आफ्नो कर्तब्य पूरा गरेका हौं ।’ किताव र कापीसँगै कपडा र नगद रकम समेत सहयोग जुटेको उनले बताए । संकलित सामग्री ढुवानीका लागि मात्रै १ लाख रुपैयाँ लाग्ने अर्का अभियानकर्ता कृष्ण पौडेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *