भक्तपुर नगरपालिका- ८ लिवालीमा वस्ने वर्ष ४४ को लक्ष्मीसुन्दर कुसाथाको आफ्नै घरको पाँचाैँ तल्लाबाट खसेर मृत्यु भएको छ ।गम्भीर घाइते भई उपचारको लागि मध्यपुर अस्पताल थिमि लगेकोमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । सांकेतिक तस्वीरयो पनि : सरकारले नौ महिनामा विनियोजित बजेटको आधा रकम पनि खर्च गर्न सकेन : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो नौ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५.०३ प्रतिशतले बढी हो ।यस वर्ष सरकारको चालु खर्च ६ खर्ब २५ अर्ब ५० करोड ८ लाख रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढि हो ।
बितेका नौ महिनामा वित्तीय व्यवस्था ६४ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ रहेको छ ।सरकारले चालु आर्थिक वर्षको लागि कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि बजेटमा विनियोजन गरिएकोमध्ये आधा रकम पनि खर्च गर्न सकेको छैन ।