ललितपुर महानगरपालिका वडा नम्बर १० बाट स्वतन्त्ररुपमा वडाअध्यक्ष बनेका नरसिंह व्यन्जनकारको गणना प्रतिनिधि बस्न पुगेका काठमाडौं मेयरका उमेदवार बालेन साहलाई अर्को नगरको व्यक्ति प्रतिनिधि बन्न नपाइने भनेपछि फर्किएका छन् । उनी केहीबेरअघि ललितपुर पुगेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
सेवाकालीन प्रशिक्षण भवन जावलाखेल पुगेका बालेनलाई प्रतिनिधि बस्न सोही नगरको व्यक्ति चाहिने भनेपछि फिर्ता भएका हुन् । उनी प्रतिनिधि बस्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट परिचयपत्र बनाएर पुगेका थिए । व्यञ्जनकार पुतली चुनाव चिह्न लिएर प्रतिष्पर्धामा छन् ।
स्थानीय तहको निर्वाचनमा बागलुङ नगरपालिकाको प्रमुखमा कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले निर्वतमान नगरप्रमुख जनकराज पौडेललाई पाँच हजार ८२१ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् ।
अन्तिम मत परिणामअनुसार श्रेष्ठले १४ हजार ६७८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनकराज पौडेलले आठ हजार ८२१ मत पाए । गत स्थानीय निर्वाचनमा श्रेष्ठ पौडेलसँग दुई हजार ३०० मतान्तरले पराजित भएका थिए । दोस्रोपटकको आमने–सामनेमा श्रेष्ठले बाजी मारे ।
उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का राजु खड्का १२ हजार ४२७ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका सञ्जय खड्काले आठ हजार ६४ मत पाए । बागलुङ नगरका १४ वटा वडामध्ये ११ वटामा गठबन्धनको तर्फबाट विजयी भए ।
वडा नंं १, ३, ८, ९, ११, १३ र १४ वडा कांग्रेसले, वडा नंं २ र १० नेकपा (एकीकृत समाजवादी)ले, वडा नंं ४ माओवादी केन्द्रले र वडा नंं १२ मा स्वतन्त्र उम्मेदवार निर्वाचित भए । वडा नंं ५, ६ र ७ भने एमाले निर्वाचित भएको छ ।