पल शाह बालकुमारीमा रहेको देखिएपछि जब प्रहरी पुग्यो…

समाचार

काठमाडौ । एक जना १७ वर्षीया किशोरीले इच्छा विपरित कर णी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरीले खोजीरहेको छ । प्रहरीमा जाहेरी परेपटि शाह अहिले सम्पर्क विहिन भएका छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी सम्पर्क विहिन भएका हुन् ।

उनी विरुद्ध तनहुँ प्रहरीमा जाहेरी परेको हो । सम्पर्क विहिन भएका पलको अन्तिम ‘लोकेसन’ काठमाडौं र ललितपुरको सीमामा पर्ने बालकुमारी क्षेत्रमा देखिएको छ । उनी काठमाडौको शान्तिनगरमा परिवार सहित बस्दै आएका थिए । तर पक्राउ पुर्जी जारी भएको समाचार बाहिरिएपछि उनले घर छाडेका छन् । उनको मोबाइलसमेत स्वीच अफ छ ।

उनको खोजीमा प्रहरीका दुई महत्त्वपूर्ण निकाय केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र महानगरीय अ परा ध महाशाखाको टोली सक्रिय छ । उनको खोजीका लागि देशभर सर्कुलरसमेत जारी भइसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पलको अन्तिम लोकेसन बुधबार राति साढे १० बजे बालकुमारीमा देखिए पछि खोजीका लागि प्रहरी त्यहाँ पुगेको थियो । सो समयमा उनले मोवाइल अन गरेका थिए । प्रहरी टोली बालकुमारी पुगे पनि उनी फेला परेनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *