३० दिनका लागि संकटकाल घोषणा

बिश्व समाचार

युक्रेन सरकारले आगामी ३० दिनका लागि संकटकाल घोषणा गरेको छ । युक्रेन सरकारले रूससँग युद्धको आशंकाबीच आगामी ३० दिनका लागि संकटकाल घोषणा गरेको हो । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार हाल यो आपतकालको अवधि ३० दिनको हुनेछ, जसलाई अझै लम्ब्याउन सकिन्छ । एएफपीका अनुसार युक्रेनको सुरक्षा परिषदले राष्ट्रिय संकटकाल लगाउने निर्णयलाई अनुमोदन गरेको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

युक्रेनको संसदले आगामी ४८ घण्टाभित्र यस विषयमा आफ्नो सहमति दिनुपर्नेछ । तर, संसदले अबको केही मिनेट वा एक घण्टामा पनि यस विषयमा सहमति दिन सक्छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

यो आपतकालीन अवस्था डोनेस्क र लुहान्स्क बाहेक सम्पूर्ण युक्रेनमा लागू हुनेछ । यी क्षेत्रहरू पृथकतावादीहरूको कब्जामा रहेको बताइएको छ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

तर, जमिनमा लागू गरिएको आपतकालको असर के हुन्छ । राष्ट्रपति जेलेन्स्कीले देशका नाममा आफ्नो सन्देशमा संकटकालपछि पहिलो कदम चाल्ने उल्लेख गरेका छन् ।यो कदम युक्रेनले आफ्नो आरक्षित सेना बोलाउनका लागि हो । तर, संकटकाल भनेको मार्शल ल लागू गर्नु होइन । सुरक्षा तथा रक्षा परिषद्का सचिवले रूसबाट आक्रमण बढेमा मार्शल ल पनि लागू गर्न सकिने बताएका छन् ।

यसबाट युक्रेनका जनताले आपतकालीन अवस्था महसुस गर्नेछैनन् । तर, यो कदमले युक्रेनी सरकारलाई आफ्ना जनता र राष्ट्रलाई सम्भावित खतराबाट जोगाउने अधिकार दिनेछ । ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *