काठमाडौं:अभिनेता पल शाहले आफूलाई षड्यन्त्र गरेर फसाउने खाेजेकाे बताउँदै बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् आफूलाई षड्यन्त्र गर्ने व्यक्तिहरूकाे नाम सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेकाे सूचीको पहिलो नम्बरमा दुर्गेश थापा रहेका छन् भने त्यसपछि सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईं रहेका छन् । उनले दुर्गेशलाई साथी, सरोजलाई ठूल्दाई, कृष्णलाई भाइ भनेका छन्।
उनले समीक्षा अधिकारीसँगकाे घटनामा आफू दाेषी नरहेकाे दाबी गर्दै बरू साथी र आफन्त मिलेर षड्यन्त्रमुलक किसिमले फसाउन खाेजिएकाे बताएका छन्। केही दिनअघि मिडियामा प्रसारित अडियाे क्लिप गायिका समीक्षा अधिकारीद्वारा नियाेजित र षड्यन्त्रपूर्वक प्रसारण गरेको उनले बताएका छन्।
‘उक्त अडियो क्लिपमा भनिएअनुसार– पलले म सुतिराको अवस्थामा मलाई सिरक ओडायो अनि ज’व’र्ज’स्ती गर्न खोज्यो, हाम्रो सम्बन्ध २ वर्ष अगाडिदेखि भएको अनि १ वर्षपछि मात्र मेरो गर्लफ्रेन्ड छ भन्यो, सथै घरबेटी र उसको म्यानेजरसँग मिलेर मलाई मार्न लगाइयो, लगायत विभिन्न सुन्न नसकिने कुराहरू भनिएकाे छ त्याे सबै गलत हाे,’
उनले फेसबुकमा लेखेका छन्,‘यसको प्रमाण म दिन गइरहेको छु र सबै अडियो क्लिप सुनिसकेर के ठिक र के बेठिक भएको छ तपाईंहरु भगवान रुपी दर्शक, मिडियाकर्मी साथीहरुले औंलाईदिनुहोला।’पलविरूद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा एक नावालिग गायिकाले आफ्ना बाबुमार्फत् आफूमाथि ज’बर्ज’स्ती क’र णी गरेकाे भन्दै बुधबार उजुरी दिएकी छिन्।
२ वर्षयता अभिनेता पल शाह र मोडल दुर्गेश थापाको सम्बन्ध एकदमै निकट देखियो । पलले दुर्गेशकै ‘आलुजस्तो गायक’, ‘बीच्च बीच्चमा ५’, ‘बहिष्कार’ लगायतका गीतको भिडियोमा अभिनय गरे ।‘हे माया’, ‘भिटामिन यू’, ‘तामा पित्तल’ जस्ता यी दुईको सहकार्य रहेका एकपछि अर्को म्युजिक भिडियो समेत सार्वजनिक भए । कतिपय ठाउँमा राहत सामग्री समेत लिएर यी दुई सँगै पुगेका थिए । कार्यक्रममा समेत सँगै पुग्ने गरेका यी दुईले अन्तर्वार्तामा एकअर्काको खुलेर प्रशंसा गर्दथे । सांगीतिक बजारमा यी दुईको मित्रताको निकै चर्चा हुने गरेको थियो ।
तर पछिल्लो समय पल र दुर्गेशको सहकार्य भएका म्युजिक भिडियोहरु दर्शकले हेर्न पाएका छैनन् । यता कार्यक्रमदेखि अन्तर्वार्तामा समेत यी दुई सँगै नदेखिएको धेरै भएको छ ।नाबालिगमाथि यौ’ ‘न शो’ष’ण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ज’बर’ज’स्ती क र णीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् ।उजुरीपछि प्रहरीले पक्राउ गर्नुपूर्व नै नायक पल शाहले आफूमाथि षड्यन्त्र भएको भन्दै केहीकाे नाम सार्वजनिक गरे।