अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोररेशन एमसीसी सम्झौताको विरुद्धमा नेपाल बन्दको घोषणा गरिएको छ ।समाजवादी केन्द्र नेपालले एमसीसी संसदबाट रोक्न माग गर्दै नेपाल बन्दको घोषणा गरेको ।पार्टीले फागुन १२ गते नेपाल बन्दको घोषणा गरिएको भन्दै गृह मन्त्रालयमा पत्र पठाएको छ ।संसदमा टेबल गरिएको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता खारेजी गर्न माग गर्दै नेपाल बन्दको घोषणा गरिएको समाजवादी केन्द्र नेपालले जनाएको छ ।
साथै, महंगी ,पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धिसमेत फिर्ता गर्न माग गर्दै बन्दको आयोजना गरिएको समाजवादी केन्द्र नेपालकी कार्यबहाम महासचिव सुशिला बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।एमसीसीको विरोधमा उभिन बुद्धिजिवी परिषद्को आह्वाननेपाल बुद्धिजिवी परिषद् समाजवादीले अमेरिकी सहायता परियोजना (एमसीसी)माथि भोलि (बिहीबार) संसदमा हुने छलफलमा विपक्षमा रहन आह्वान गरेकोे छ ।
बुद्धिजिवी परिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसको जोडबलमा संघीय प्रतिनिधि सभामा एमसीसी प्रस्ताव दर्ता भई सकेकोमा हरेक स्वाभिमानी देशभक्त जनप्रतिनिधिले संसदमा बृहत् छलफल गरी राष्ट्रियतामाथि आँच आउने बँुदाहरू संशोधन गरेर मात्रै संसदबाट पारित गरिनु पर्छ ।
यसलाई संसदबाट जस्ताको तस्तै पारित गर्ने प्रस्ताव आए यसको विपक्षमा मतदान गर्न सम्पूर्ण स्वाभिमानी, देशभक्त, राष्ट्रप्रेमी जनप्रतिनिधिहरू समक्ष नेपाल बुद्धिजीवी परिषद् (समाजवादी) हार्दिक अपिल गर्छ ।’
साथै, जारी विज्ञप्तिमा सम्पूर्ण देशभक्त बुद्धिजीवीहरूलाई राष्ट्र, राष्ट्रियता र देशको स्वाभिमानको पक्षमा एकजुट भई दृढतापूर्वक उभिन हार्दिक आव्हान गरिएको छ । एमसीसीका विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरी प्रसासनले गरेको दमनको घोर भर्त्सना गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न समेत परिषद्ले माग गरेको छ ।