४ महिना अघि मात्रै विहे गरिकी सरस्वती कोठा भित्र मृत फेला,श्रीमान पक्राऊ

समाचार

कपिलवस्तुको कृष्णनगर नगरपालिका– ३ की सरस्वती कौशलको मृत्यु रहस्यमयी बनेको छ । स्थानीय गोविन्द कौशलकी २६ वर्षीय पत्नी सरस्वतीको मृत्युलाई परिवारजनले देहत्याग र मृतकका माइती पक्षले हत्या भन्ने सूचना प्रहरीलाई दिएपछि घटना रहस्यमयी बनेको हो। बिहीबार सरस्वती मृत अवस्थामा भेटिएकी थिइन् ।मृतक सरस्वतीका दाइ संजय कौशलले मृतकका पति गोविन्द कौशल,

जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशलविरुद्ध हत्या आरोपमा इलाका प्रहरी कार्यालय कृष्णनगरमा किटानी जाहेरी दिएका छन्।मृतक सरस्वतीको गत जेठ २२ गते मागी विवाह भएको थियो।मृतक बहिनीलाई विवाहपछि दाइजोको रुपमा मोटरसाइकल चाहियो भन्दै आफ्ना ज्वाईं र घरपरिवारबाट पटक–पटक मानसिक यातना दिने गरिएको मृतकका दाजु संजय कौशलले दावी गरेका छन् ।

शव भेटेपछि प्रहरीलाई खबर नगरिनु, कोठाभित्रको चुक्कुल नलगाएको अवस्था हुनु, शवलाई प्रहरी आउनुभन्दा पहिल्यै झु ण्डिए को अवस्थाबाट तल झारिनु जस्ता गतिविधिबाट हत्याको शंका भएको सरस्वतीकी दिदी कृष्णवती कौशलले बताइन् । सरस्वतीकी आमा आरतीदेवी कौशलले परिवारको षडयन्त्रमा हत्या गरिएको आरोप लगाइन् । घटनाको सत्य तथ्य छा नबि नगरी दोषीउपर कडा कारवाही हुनुपर्ने मृतक सरस्वतीका आफन्तजनको माग छ ।

मृतकका पति र उनको घरपरिवारले भने सरस्वतीले देहत्याग नै भएको दा वी गरिरहेका छन् । मृतकका जेठाजु बृजेश कुमार कौशलले रातिको समयमा आफूहरु तल्लो तलामा रहेको र उनले माथिल्लो तलामा देहत्याग भएको बताए ।शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोष्टमार्टम गरिएको र रिपोर्ट आएपछि घटना हत्या वा देहत्याग हो भन्ने प्रष्ट हुने प्रहरीले जनाएको छ ।

घटनाबारे सुक्ष्म अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन् । मृतक सरस्वतीका पति गोविन्दलाई प्रहरीले पक्राउ गरी थप अ नुसन्धान अघि बढाएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *