परिवारले एकपटक हेरिदिएको भए बाँच्न सक्थे लामा,परिवारलाइ नै भयो ठुलो जिन्दगीभर पछुतो

समाचार

कलाकार जयनन्द लामाको ६६ वर्षको उमेरमा निधन भएको छ। भक्तपुरको मध्यपुरथिमी नगरपालिका १ लोकन्थली सचेत मार्ग बस्ने लामा बुधबार बिहान आफ्नै घर अगाडि मृत भेटिएका हुन् ।प्रहरीका अनुसार उनी फागुन ११ गते मंगलबार (हिजो) बेलुका ७ बजे बौद्धमा भोज छ भनी घरबाट निस्केका थिए। उनी बुधबार बिहान घर अगाडि आफ्नै गाडीमा मृत भेटिएका हुन् ।

मारुती सुजुकी गाडीमा खुट्टा र तल भुईँमा श’री’र तथा टा’उको जो’ति’एको अवस्थामा बिहान ७ बजे आफन्तले लामालाई देखेका हुन् । घटनाबारे जानकारी पाए लगत्तै प्रहरी पुगेको थियो । लामो टा’उ’कोमा चो’ट देखिएको छ।उनी गाडीबाट निस्कने क्रममा ल’डे’र मृत्यु भएको हुन सक्ने अनुमान छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ । लामाको शव अहिले प्रहरीको निगरानीमा घरमै छ ।

एक प्रहरीका अनुसार घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने पनि बिहानमात्र उठेर हेरेका रहेछन्।‘घर परिवारले राति २ बजेतिर गाडीको आवाज सुने सुनेका थिए। तर राति उठेर हेरेका रहेनछन्। उहाँ ल’डे’को बिहानमात्रै थाहा भएको हो। एउटा खुट्टा कारमा थियो। जि’उँ भु’इँमा ल’डि’र’हेको थियो। अ’ल्झि’ए जस्तो देखिन्छ। टा’उकोमा चो’ट ला’गे’को देखिन्छ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।

उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

उनी लोकसंगीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आएका थिए। गाउँगाउँमा गएर उनले लोकगीतका भाका संकलन गरेका छन्। तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा आबद्ध भएर उनले लोकगीतको अनुसन्धान र संरक्षणमा लामो समय काम गरे। उनले स्वर दिएको कलकत्ते काइँयो केश मेरो बांगो, टेबलमा ऐना छ बोलको गीत उनको नामको पर्याय नै बनेको थियो। यस्तै चट्ट परेको चुल्ठी, हेर्दैमा राम्रो, चुइँ चुइँ चुइँकने जुत्ता, नाच्यो झिल्के नाच्यो, मूलाको चाना, सलल पानीलगायतका गीत चर्चित छन्।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका हुन् लामा। उनी हुर्केको समाजमा विभिन्न जातजातिको मिश्रित बसोबास थियो। राईले साकेला गाउँथे, गुरुङ मगरले रोदी घ’न्काउथे, शेर्पाहरूले गाउने गीतमा बेग्लै स्वाद थियो। यस्तै बाहुन क्षेत्रीको संस्कृतिसँग जोडिएको दोहोरी र रोइला गीतको मिठास पनि थाहा पाएका थिए उनले।

सानैदेखि गीत गाउन र क्यारिकेचर गर्न भुतुक्कै हुन्थे उनी। फरकफरक जातजातिको बसोबास भए पनि गाउँलेबीच सांस्कृतिक एकता थियो। हरेक जात्रा पर्वमा एक भएर रमाउँथे। सांगीतिक समानता थियो गाउँमा।गाउँ पञ्चायतको सांगीतिक कार्यक्रम हुँदै अञ्चलस्तरीय कार्यक्रममा पनि गीत गाउन थाले। प्रजातन्त्र दिवस मनाउने र राजाको जन्मदिनसँगै मनाउने गरी आयोजना भएको कार्यक्रममा सहभागी भए।प्रज्ञा प्रतिष्ठानको जागिरे थिए उनी। प्रतिष्ठानले नै उनलाई इलाहाबाद संगीत विद्यालयमा मास्टर डिग्री पढ्न पठायो। नेपाल फर्केर उनी अहिलेसम्म लोकसंगीतमै सक्रिय थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *