कलाकार जयनन्द लामाको निधन

समाचार

११ फागुन, काठमाडौं । कलाकार जयनन्द लामाको निधन भएको छ ।यस समाचारबारे अरु जानकारी प्राप्त भएको छैन।हार्दिक श्रद्धाञ्जली वहाँलाई।अन्य समाचार हरु पनि हेर्नुहोस।

शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् ।

मौसमविद हिरा भट्टराईका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । त्यसको प्रभावका कारण अहिले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा बदली भएको छ । केही स्थानमा असिना पानी परिरहेको छ ।बागमती र अन्य प्रदेशमा भने आज बदली मात्रै हुने मौसमविद भट्टराईले बताए ।

बिहीबार एक दिन पानी पर्ने सम्भावना छैन तर शुक्रबारदेखि भने पुनः पश्चिमी वायुको नयाँ प्रणाली नेपाल भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरूमा पानी पर्ने मौसमविद भट्टराईले बताए ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा शुक्रबार सुदूरपश्चिम, कर्णाली, बाग्मती र प्रदेश १

का धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको साथै केही स्थानहरूमा मेघ गर्जन र चट्याङको समेत सम्भावना रहेको उल्लेख छ । देशका उच्च पहाडी र हिमाली भागमा हल्कादेखि मध्यम हिमपातकोसमेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *