गाउँका डेढ दर्जन नयाँ बुहारी एकैपटक घर छोडेर गए माइत, कारण थाहा पाए पछि पर्नुहुनेछ चकित्

समाचार

काठमाडौं । गाउँभरी नै शौचालय नभएपछि एउटा गाउँका कबिर डेढ दर्जन बुहारी घर छोडेर माइत गएका छन् । यो घटना भारतको हो । सन् २०१८ मा भारतको उत्तर प्रदेश राज्यको कुशीनगरलाई खुला शौचालय मुक्त गाउँ घोषणा गरिएको थियो । तर त्यो घोषणा घोषणामै मात्र सिमित भयो ।कुनै पनि घरमा शौचालय छैनन् । विवाह गरेर घरमा आएका बुहारीहरुलाई खुला ठाउँमा शौचका लागि जान अप्ठेरो भयो । अनि करिब डेढ दर्जन बुहारीहरु घर छोडेर माइत गएर बसेका छन् ।

जगदीशपुर टोल भरपटियाका बुहारीहरुले यस्तो निर्णय गरेका हुन् । वुहारीहरुको भनाई छ की, हामीलाई घरमा शौचालय नभएका कारण निकै समस्या छ । हामी खुला ठाउमा जान सक्दैनौं ।त्यसैले घरमा शौचालय नबनाउँदा सम्म माइतवाट फर्केर आउँदैनौं । घुघट विरुद्ध भएको अभियानलाई समेत चुनौती दिने अभियान यहाँका बुहारीहरुले चलाएका छन्।

आर्थिक रुपले विपन्नहरुको बसोबास हुने यो गाउँका अधिकांशका घरमा शौचालय छैन । सो राज्यमा विपन्नहरुलाई शौचालय निर्माणका लागि अनुदान दिने ब्यवस्था छ ।तर सरकारी अधिकारीहरुले उनीहरुको नाम शौचालय अनुदान दिने लिष्टमा राखिदिएनन्। बुहारीहरुले नै यस्तो अभियान चलाएपछि भने सरकारी अधिकारीहरु माथि पनि प्रश्न उठेको छ।

भारतमा अहिले स्वच्छ भारत मिसन अभियान जारी छ । जसका कारण शौचालय निर्माणलाई पनि अभियानकै रुपमा सुरु गरिएको छ । शौचालय बनाउन नसक्नेहरुलाई सरकारले अनुदान दिएको छ । तर यो गाउँका विपन्नहरु त्यो अभियानमा समेटिन सकेनन् ।माइत गएका बुहारी भन्छन् गाउँको एकातिर नाला छ भने अर्को तर्फ नाला छ। गाउँको चारै तिर पानी भएको अवस्थामा हामी वाहिर कहाँ जाने? गाउँमा करिब एक सय परिवार छन् । यस्तो अवस्थामा शौचका लागि वाहिर निस्कदा पनि वजार लागेजस्तो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *