भर्खरै बिहे गरेकी श्रीमतीले यस्तो पत्र लेखेर २५ लाख सम्पत्ति सहित प्रेमीसँग फरार

समाचार

घरमा कोही नभएको समयमा असोज ३ गते विपत्ता भएको परिवारका सदस्यको आरोप छ । घरमा सासु निदाएको बेलामा युवतीले धनमाल लिएर बेपत्ता भएकी हुन् । उनी दमक–६ मा रहेको पसल आउँछु भनी फोनमा ताराले श्रीमानलाई जानकारी गराएकी थिइन् ।युवतीले १२ तोला सुन, १२ लाख रकम र अन्य सामान लिएर वेपत्ता भएको परिवारले जनाएको छ।

उनले घरमा एउटा पत्र समेत छोडेर गएको श्रीमान् न्यौपानेले बताएका छन्।पसल आउँछु भनी फोनमा भनेकी श्रीमती बेलुकासम्म पसल नआएपछि उनीहरुले खोजी सुरु गरेका थिए । त्यतीबेला उनीहरुले पत्र फेला पारेका हुन् । श्रीमान न्यौपानेले सम्पर्क गर्दा दमककै एउटा ब्युटी पार्लरमा कपाल स्टेट र कलर गरेर पसल आउँछु भन्दै अन्तिम म्यासेज गरेको उनको भनाई छ ।

श्रीमती ताराले छोडेको चिठ्ठीमा लेखेकी थिइन्– ‘मैले आफ्नो सुर गरे । म पत्रकार पृतम भट्टराईसँग गइसकेकी छु, ३ वर्षदेखि अफयेर चलिरहेको थियो । मेरो शरीरभित्र उसको रगत र उसको शरीरभित्र मेरो रगत छ, त्यसैले मलाई नखोज्नुहोला’ ।भगाउने केटा पृतम भट्टराई कान्तिपुर पब्लिकेशनमा काम गर्ने बताइएको छ । पृतमले पनि आफु र तारालाई खोजी नगर्नु भन्दै धम्कीपूर्ण म्यासेज पठाएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *