एकाबिहानै आयो यस्तो खबर।काठमाडौंमा धौ-धौ बनाउने यो घटना,जुन यो भन्दा अगाडी थिएन

समाचार

अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा आज राजधानी काठमाडौंको माइतीघरदेखि संसद भवन रहेको बानेश्वर चोकसम्म सात वटा कार्यक्रम राखिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

सरकारले आज हुने प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनको लागि टेवल गर्ने सम्भवना बढेपछि विरोधका कार्यक्रम राखिएका हुन् ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

बिभिन्न राजनीतिक दल, भातृ संगठनहरुले विरोध कार्यक्रमको आयोजना गरेका छन् । विरोध कार्यक्रमका कारण माइतीघरदेखि बानेश्वरसम्मको सडकखण्ड दिनभरी प्रभावित हुने देखिएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

एकैदिन धेरै पार्टी तथा भातृ संगठनले विरोधक कार्यक्रम राखेपछि उनीहरुको कार्यक्रमको समय पनि जुधेको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला****

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी )र वाइसीएल नेपालले यथास्थितिमा एमसीसी टेवल गर्ने कदम बिरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम राखेको छ । नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडि विहान ११ बजे विरोध कार्यक्रम गरिने अनेरास्ववियू (क्रान्तिकारी) र वाइसीएलले जनाएका छन् ।

एमसिसी विरुद्ध जनआन्दोलन २०७८ ले एमसिसी सम्झौता विरुद्ध माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगि संसद भवन घेराउ गर्ने कार्यक्रम रोखको छ । यो कार्यक्रम पनि विहान ११ बजे माइतघर मण्डलाबाट सुरु हुने जनाइएको छ ।

पूर्व सुरक्षाकर्मी परिषद र नेपालका लागि नेपाली पार्टीले एमसिसीको विरोधमा मौन जुलुसको आयोजना गरेको छ । मौन जुलुस विहान साढे ११ बजे माइतीघर मण्डलाबाट सुरु हुने जनाइएको छ ।

हाम्रो नेपाल हामी नेपाली अभियानले पनि एमसिसीको विरुद्ध विरोध प्रदर्शन आयोजना गर्दैछ । मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट अभियानले विरोध प्रदर्शन सुरु गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *