नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) ले अमेरिकासँग गरेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै भोली शुक्रबार नेपाल बन्दको घोषणा गरेको छ ।नेपाल सरकार र अमेरिकाबीच भएको उक्त सम्झौता राष्ट्रघाती भएको र सम्झौता कार्यान्वयन भए नेपाली भूमी विदेशी सेनाको सैन्य अखडा हुने भन्दै नेपाल बन्दको आह्वन गरिएको हो ।
एमसिसि पारित गर्नु राष्ट्रघाती र जनघाती भएको सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि त्यसलाई खारेजीको अलवा संसदबाट पारित गराउने दुसाहस गरिएको हुदा बाध्य भएर नेपाल बन्दको घोषणा गरेको जनाएको छ ।उक्त बन्दलाई भव्यताका साथ सफल पारिदिन सम्पुर्ण देशभक्त, बामपन्थि लगायत सम्पुर्णलाई नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली) ले आग्रह गरेको छ।
नेपाल बन्दलाई अबरोध खडा गर्ने, हस्तक्षेप गर्ने वा कुनै प्रकारको उत्तेजना ल्याउने कार्य गरिएमा त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिइएको छ ।त्यसबाट उत्पन्न हुने परिणमको जवाफदेही नेपाल सरकार नै हुने भनिएको छ ।