काम सकेर एउटै मोटरसाइकलमा घर फर्किएका दाजुभाईको बाटोमै नि’धन

समाचार

काठमाडौ । आफ्नो ब्यवसायको काम सकेर एउटै मोटरसाइकलमा फर्कदै गरेका दाजुभाईको बाटोमै नि’धन भएको छ । उनीहरु सवार मोटरसाइकल दुर्घटनामा परेको हो ।कलैया वीरगन्ज सडक खण्डको सिसहनीयास्थित विजय आयलस्टोर छेउमा जिपले मोटरसाइकललाई ठ क्क र दिँदा दुई दाजुभाइएको निध’न भएको हो । घ’टना बुधबार राति भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक राजेश थापाकाअनुसार कलैया(५ का ५५ वर्षीय सितल साह कानु र ४० वर्षीय नरेश साह कानुको दुर्घटनामा नि’धन भएको हो ।दुर्घ’टनामा घा’इते भएका उनीहरुको उपचारका क्रममा निधन भएको हो । दु’र्घटना पछि दुवै जनालाई उपचारको लागि वीरगन्ज अस्पताल लगिएको थियो ।

त्यहाँबाट थप उपचारको लागि वीरगन्ज मेडिकल अस्पताल लगिएको थियो । उपचारकै क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ ।उनीहरु सहोदर दाजुभाई भएको प्रहरीले जनाएको छ । दुवै जना सिसहनीयास्थित आफ्नो राइसमिलबाट कलैयामा रहेको घरतिर फर्किँदै थिए ।

सिसहनीयाबाट कलैया तर्फ आउँदै गरेको दाजुभाई चढेको ना८प ८८६३ नम्बरको मोटरसाइकललाई कलैयाबाट सिसहनीया तर्फ जाँदै गरेको भारतीय बीआर ०५ एआर ५१५१ नम्बरको जिपले ठ क्क र दिएको थियो । जिप चालक फ रा र छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *