आयो खुसीको खबर।हप्तामा ४ दिन काम ३ दिन छुट्टी।

बिश्व समाचार

काठमाडौं। विश्वका धेरै देशहरुमा शनिबार र आइतबार २ दिन विदा दिने प्रचलन छ । २०२२ सालको सुरुदेखि युएइले शनिबार र आइतबार विदासँगै शुक्रबार पनि आधा दिन विदा दिन थालेको थियो । यसलाई विश्वमै सबैभन्दा धेरै विदा दिने परम्परा मानिैको थियो । तर, युरोपेली देश बेल्जियमले युइएलाई पनि उछिन्दै हप्तामा ३ दिन विदा दिने भएको छ।

प्रधानमन्त्री अलेक्जेण्डर डी क्रुले कोभिडपछि देशको अर्थव्यवस्था र जनताको जीवनस्तरमा सुधार ल्याउनको लागि नयाँ श्रम कानुन ल्याइएको घोषणा गरेका छन् । मंगलबार श्रम कानुनमा गरिने परिवर्तनबारे आफ्ना मन्त्रीहरुसँग रातभर छलफल गरेपछि प्रधानमन्त्री डी क्रुले पत्रकारहरुसँग कुरा गर्दै भने ‘कोभिडका कारण हामी अधिक लचिलो ढंगले काम गर्न बाध्य भइरहेका छौं । श्रम बजार पनि यसको अनुकूल हुनु जरुरी छ।’

नयाँ श्रम कानुनमा गरिएको सबैभन्दा आकर्षक परिवर्तन हो कामको समय सकिएपछि आफ्नो बफिसको फोन बन्द गर्न पाइन्छ । श्रम कानुनमा भनिएको छ ‘कर्मचारीहरुलाई हाकिमको डर बिना कामको समय सकिएपछि आफ्नो डिभाइस अफ गर्ने र अफिसको म्यासेजलाई बेवास्ता गर्ने अधिकार छ ।’ नयाँ कानुनअनुसार कर्मचारीले हप्ताका ४ दिनमा ३८ घण्टा काम गर्नुपर्नेछ र पारिश्रमिकमा कुनै कटौती हुने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *