के तपाईसँग निफ्राकाे सेयर छ?छ भने खुसीकाे खबर छ।चाँडै हुँदै हुनुहुन्छ मालामाल

अर्थ व्यापार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) २ वटा कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाे ८ प्रतिशत बोनस बापतको एक कराेड ६० लाख कित्ता सेयर सूचिकृत भएको हो।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेकाे थियाे ।

त्यसैगरी, सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बाेनस बापतकाे ४३ लाख २१ हजार ८ सय ३० दशमलव ४२ कित्ता सेयर सूचिकृत भएको हो ।बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई ५ प्रतिशत बराबरको बोनस सेयर तथा कर प्रयोजनको लागि प्रति सेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *