मेरी बास्सैकी चम्सुरी बारे आयो दुखद खबर!

समाचार

मेरी बास्सैकी चर्चित अभिनेत्री पल्पसा डंगोल ‘चम्सुरी’को मिर्गौला प्रत्यारोपण कहिले हुन्छ र उनी स्वस्थ बनेर हिँड्छिन् त ? पल्पसाका हरेक फ्यानलाई चासोको विषय बनेका बेला को- भिड-१९ संक्रमणको कारण देखाउँदै शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा तत्काल सुरु नगर्ने जनाएको छ।

मंगलबारको लागि प्रत्यारोपण हुने भनिएको भएता पनि उनको मिर्गौला प्रत्यारोपण समयमा हुन सकेन । नाताका व्यक्तिले मिर्गौला दिने निश्चित भएपछि पल्पसाको खुशि फर्किएको थियो भने उनी मेरी बास्सैको केही एपिसोडमा देखिएपनि शिक्षण अस्पतालले बिलम्ब गर्दा अझै चम्सुरीको खुशी फर्किएको छैन ।

सातामा तीनपटक मिर्गौला डायलासिसको लागि कीर्तिपुरस्थित माइती र बालाजुस्थित घरमा आउजाउ गरिरहेकी ‘चम्सुरी’लाई शिघ्र स्वास्थ्य लाभको कामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *