भोलि नेपाल बन्दको घोषणा

समाचार

बुटवल । नेकपा लगायतका दल तथा मोर्चाद्वारा भोलि नेपाल बन्दको घोषणा गरेका छन् ।एमसीसी सम्झौता बिरुद्ध भोलि बुधबार नेपाल बन्दको घोषणा गरिएको नेकपा निकट जनपत्रकार संगठनका निवर्तमान अध्यक्ष प्रकाश डुम्रेले बताए । सरकारले भोलि संसदमा एमसीसी टेवुल गर्न तयारी गरेको छ ।

त्यस्तै बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोक(मिलनपार्क)मा बिहान चार बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकलमा पछाडि सवार गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुबै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको इलाका प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीकै २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *