वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज निधन भएको छ । उनि ताना शर्माका नामशबाट लोकप्रिय थिए ।विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनले ‘झर्राेवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् । डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए । उनलाई नेपाल प्रज्ञाप्रतिष्ठानले आजीवन सदस्यतासमेत दिएको थियो ।
तारानाथ शर्मा १९९१ असार ९ गते प्रजापति उपाध्याय र देवकीको जेठो छोराका रूपमा इलाम, बरबोटेमा जन्मेका हुन्। उनी जन्मेको ठाउँलाई त्यतिबेला सित्तलपाटी भनिन्थ्यो। घरछेउ ठूलो बरको रुख भएकाले पछि गाविसको नाम नै बरबोटे भयो। संयोग, उनको परिवार बसाइ सरेर गएको फिक्कलको ठाउँलाई पनि अहिले बरबोटे भनिन्छ।
बसाइ सर्दा त्यस ठाउँको नाम सुदुङ थियो। तारानाथलाई बोधनारायण घिमिरेले धुलेपाटीमा अक्षर चिनाएका हुन्। अक्षर चिनिसकेपछि रुद्री, “चण्डी” पढेँ, अलिअलि वेद पनि पढाए अनि संस्कृतको अमरकोश पनि घोकाए। साथै, ज्योतिषको गणना गर्ने किताब भाषोति पनि सिकाए। तारानाथ फिक्कलमा डेरा बसेर चन्द्र-मोहन मिडिल स्कुलमा एकैचोटि तीन कक्षादेखि अङ्ग्रेजी पढ्न थालेका हुन्।