म्यादी प्रहरीमा भर्ना हुने सोच्नुभएको छ भने आयो यस्तो खबर।

समाचार

सरकारले एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । स्थानीय तहको निर्वाचनका लागि ‘म्यादी प्रहरी छनोट सम्बन्धी मापदण्ड–२०७८’ बनाएर म्यादी प्रहरी भर्नाको तयारी थाल्न लागिएको छ ।सरकारले एक लाख १८ हजार २३१ जना म्यादी प्रहरी भर्ना गर्ने तयारी थालेको छ । स्थानीय तहको निर्वाचनका लागि ‘म्यादी प्रहरी छनोट सम्बन्धी मापदण्ड–२०७८’ बनाएर म्यादी प्रहरी भर्नाको तयारी थाल्न लागिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार निर्वाचनमा मौजुदा जनशक्तिले मात्र सुरक्षा व्यवस्था कायम गर्न सम्भव नहुने भएकाले म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । ‘उनीहरुलाई मतदान केन्द्रको सुरक्षामा खटाइनेछ’ मन्त्रालयको शान्तिसुरक्षा महाशाखाका प्रमुखसमेत रहेका पोखरेल भन्छन्, ‘नेपाल प्रहरीको कमाण्डमा रहने गरी उनीहरुलाई खटाउने हो ।’

गृह मन्त्रालयले बनाएको स्थानीय तहको निर्वाचन सुरक्षा योजना–२०७८ अन्तर्गत म्यादी प्रहरी छनोट मापदण्ड बनाएर भर्ना गर्न लागिएको पोखरेलले बताए । हाल नेपाली सेनामा ९७ हजार, नेपाल प्रहरीमा ७९ हजार, सशस्त्र प्रहरी बलमा ३७ हजार र राष्ट्रिय अनुसन्धान विभागमा ३ हजार जनशक्ति छ ।

विश्वका अन्य देशहरुले विद्युतीय विधिबाट निर्वाचन गराइरहेका वेला नेपालमा चाहिँ पुरानै शैलीलाई पछ्याउँदा निर्वाचनको खर्च बढिरहेको निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त निलकण्ठ उप्रेती बताउँछन् ।

‘यस विषयमा निर्वाचन आयोगले पहिल्यै छलफल गर्नुपर्ने हो, अहिलेको सन्दर्भमा चाहिं निर्वाचनलाई कसरी कम खर्चमा शान्तिपूर्णरुपमा सम्पन्न गर्न सकिन्छ भन्ने सोच्नुपर्छ’ उनी भन्छन्, ‘म्यादी प्रहरीको संख्या घटाउँदै लानुपर्ने हो तर निर्वाचनैपिच्छे बढ्दै जानु ठीक होइन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *