काठमाडौंमा रहनुभएका सबैलाई आयो दुखको खबर।सतर्क रहनुहोला

समाचार

केही दिन अघि चितवनमा देखिएको ब’र्डफ्लू काठमाडौँ भित्रिएको छ । काठमाडौको गोकर्णेश्वर नगरपालिका ३ बालुवामा बर्ड फ्लू पुष्टि भएको हो । गोकर्णेश्वरमा कुखुरामा वर्ड फ्लू पुष्टि भएको हो ।केन्द्रीय पशुपन्छी रो’ग अन्वेषण प्रयोगशालामा कुखुराको नमुना परिक्षण गर्दा ब’र्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जनाएको छ । त्यसैगरी चितवनको राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा ब’र्डफ्लू देखिएको हो ।

रो’ग पुष्टि भएको क्षेत्रबाट रो’ग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरीएको छ ।यसै क्रममा पशु सेवा विभाग कृषि तथा पशुपन्छी विकास मन्त्रालय,बागमती प्रदेश, जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,ललितपुर, गोकर्णेश्वर नगरपालिका लगायतका निकायहरुको समन्वयमा रोग नियन्त्रणको लागि खटिएको टोलीले रो’ग देखिएका क्षेत्रमा रहेका सम्पूर्ण स्थानीय कुखुरा, अण्डा, दाना लगायतका रोग सार्न सक्ने अन्य वस्तु समेत न’ष्ट गरी रोग नियन्त्रण गरेको छ।

उक्त टोलीले २० स्थानीय कुखुरा, ५ परेवा, ३ लौकाट न’ष्ट गरी सुरक्षित तवरले डिस्पोज गरिएको छ। यसै गरी पशु सेवा विभाग, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेश, जिल्ला प्रशासन कार्यालय, चितवन, राष्ट्रिय पन्छी रो’ग अन्वेषण प्रयोगशाला भरतपुर, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवन,राप्ती नगरपालिका लगायतका निकायहरुको समन्वयमा रो’ग नियन्त्रणको लागि खटिएको टोलीले रो’ग देखिएको क्षेत्रमा रहेका १९१३ गोटा लेयर्स कुखुरा, १४ गोटा हाँस, २० गोटा हाँसको अण्डा, १००० के।जी।

विगत एक महिनादेखि मोरङ जिल्लाका विभिन्न स्थानमा देखिएको ब’र्डफ्लु रोग नियन्त्रण गरी सो क्षेत्रमा सघन निगरानी कार्य भैरहेको पनि विभागले जनाएको छ ।सरकारले बर्डफ्लु रोग नियन्त्रणको लागि सं’क्रमण पुष्टि भएको क्षेत्र लगायत अन्य क्षेत्रहरुमा नियमित रुपमा सघन रोग सर्भिलेन्स, नमूना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम संचालन गरिरहेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *