काठमाडौँ,महिलामाथि हुने हिं; सा सर्वत्र फैलिएको छ । नेपालमा मात्र होइन अन्य देशका महिला पनि यस्तो हिं;साको शि का र बनिरहेका छन् ।यस्तै नाइजेरियाका प्राध्यापक रिचार्ड एकिन्डेललाई छात्रासँग अ; नैतिक काम गर्ने प्रस्ताव गरेको अभियोगमा जे ल सजाय तोकिएको छ ।
सिएनएनका अनुसार एकिन्डेलले मोनिका ओसागीको नम्बर बढाउनका लागि उनीसँग यस्तो प्रस्ताव गरेका थिए ।उनलाई छात्रामाथि अनुचित व्यवहार गरेको, आफ्नो उमेर ढाँटेको र प्रमाणमा फेरबदल गरेको आरोपमा दुई वर्षको जे ल सजाय तोकिएको छ ।
शिक्षकको ब्यवहारमाथि ती छात्रालाई पहिले देखि नै शंका थियो त्यसैले २३ वर्षे ओसागीले सिएनएनसँगको अन्तर्वार्तामा एकिन्डेलविरुद्ध प्रमाण जुटाउनका लागि उनको कुराकानीलाई गोप्य तरिकाले रेकर्ड गरेको बताइन् ।उनले त्यो रेकर्ड सार्वजनिक गरिदिइन् । ओसागीले सिएनएनलाई दिएको अन्तर्वार्ताको एक महिनापछि एकिन्डेललाई ओबाफेमी एवोलोवो युनिभर्सिटीले निष्कासित गरेको छ । एजेन्सी