हुनेभयो यी दिन सार्वजनिक बिदा।सबै बन्द?

समाचार

रुपन्देही।लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो । आन्तिरक मामिला मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, ‘प्रदेश सरकार (मन्त्रीपरिषद्) मिति २०७७/१२/१३ को निणर्यनुसार वि.स. २०७८ साल फागुन ३ गते

मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदा रहेकोे व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

यो पनि, निरीक्षण नगरिँदा सञ्चालनमा आएन दिपायलको ट्रायल सेन्टर।पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरमा निर्माण सम्पन्न भएको सवारी चालक अनुमतिपत्रको ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन । सम्बन्धित निकायले समयमै निरीक्षण नगर्दा उक्त सेन्टर सञ्चालनमा आउन नसकेको बताइएको छ ।

दुई वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको उक्त सेन्टर सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण हालसम्म सञ्चालनमा नआएको भन्दै यहाँका नागरिक आक्रोशित बनेका छन् । सञ्चालनमा नआउँदा उक्त सेन्टर हाल अलपत्र जस्तै भएको छ ।

तत्कालीन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहराले २०७५ साल चैत १७ गते शिलान्यास गर्नुभएको उक्त ट्रायल सेन्टरको २०७६ जेठ मसान्तभित्र भौतिक संरचना निर्माण गरिसक्ने र असारदेखि ट्रायल सेन्टर सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । निर्माणको जिम्मा पाएको निकायले दुई वर्षभन्दा बढी

समय लगाएर निर्माण कार्य सम्पन्न गरे पनि अहिले उक्त सेन्टरको निरीक्षण तथा काम सुरु गर्न अनुमति नदिएका कारण सञ्चालनमा आउन नसकेको दिपायल सिलगढी नगरपालिका–४ राजपुरका नरेन्द्र शाहले बताउनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल👇👇👇 क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *