रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले जनयुद्ध दिवसको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ । नगरपालिकाले भोली फागुन १ गते र फागुन २ गते सार्वजनिक बिदा दिएको हो ।आज एक सूचना जारी गर्दै नगरपालिकाले हिजाे बिहिबार भएको ६६ औं नगर कार्यपालिका बैैठकले दुई दिन सार्वजनिक बिदा दिएको जानकारी गराएको हो।
जनयुद्ध दिवसलाई भब्य रुपमा मनाउनका लागि नगरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय भएको नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो ।नगरपालिकाको राजपत्रमा समेत जनयुद्ध दिवसका अवसरमा फागुन १ र २ गते सार्वजनिक बिदा दिने निर्णय उल्लेख रहेको उहाँले बताउनुभयो।
जिल्ला सभाले १ दिन फागुन १ गते जिल्लाभरमा सार्वजनिक बिदा दिने निर्णय गरेकामा नगरपालिकामा थप एक दिन सार्वजनिक बिदा दिएर जनयुद्ध दिवस भव्य रुपमा मनाउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।