अनौंठो प्रेम ! सेनाका जवानसँग प्रेम भएपछि पतिलाई दिईन् डिभोर्स,छोरी जन्मेपछि सेनाका जवानले भने ‘तलाई म चिन्दिन’

समाचार

एजेन्सी–बिवाहित महिला एक सैनिक जवान प्रति आकर्षित हुन्छिन् । उनको त्यो प्रेम सेनाका जवानसँग ब्यक्त गर्छिन् । ती सैनिककै सल्लाहमा उनले आफ्नो पतिलाई डिभोर्स समेत दिइन् ।जवानले ती महिलासँग बिहे गरे। उनलाई भाडामा कोठा लिएर राखेका थिए । एक बर्ष पछि उनीहरुको छोरी समेत जन्मिइ।

परिवार राम्रै चलिरहेको थियो, त्यति नै बेला भएको एक यस्तो घटनाले बैवाहिक जीवन नै सकिने अवस्था आयो।बास्तवमा ती सैनिक जवान पहिले नै विवाहित भएको उनले दोश्री श्रीमतिलाई बताएका थिएनन् । दोश्री श्रीमतिलाई पनि उनीहरुको बच्चा समेत भएपछि पहिलो श्रीमतिबारे थाहा भयो।

उनीहरुको भेट भने एक प्रहरी चौकीमा भयो जसमा घटनाले विवाद हुँदै कु ट पी ट सम्मको रुप लियो।एक विवाहित महिलाको अनौंठो प्रेमको अद्भुत कथा भने भारतको हो । त्यहाँ छपरा, बिहारमा ती महिलालाई एक सेनाको सिपाहीसँग प्रेम भयो ।यसपछि ती महिलाले आफ्नो पहिलो पतिलाई डिभोर्स दिएर सेनाका एक सिपाहीसँग विवाह गरेकी थिइन्।

आजतकमा छापिएको एक समाचार अनुसार, विशेष कुरा यो छ कि सेनाका सिपाहीको पनि पहिले विवाह भएको थियो, तर यसको बाबजुद पनि उसले फेरि विवाह गरे र छोरीको बुबा भए ।विवाह गरेको एक वर्ष पछि, अब सेनाको जवानले आफ्नी दोस्रो पत्नीलाई आफूसँगै राख्न अस्वीकार गरे । त्यतिमात्र होइन, उसले आफ्नो दोश्रो श्रीमति भएको स्वीकार समेत गरेन।

यो घटना प्रहरी चौकी डुमरी छपिया गाउँको हो । उक्त गाउँ निवासी सुनिलप्रसाद महतो सेनाका सिपाही हुन् । अहिले घटना प्रहरीसम्म पुगेको छ । प्रहरीले पहिलो र दोश्रो श्रीमतिबिचमा महतोलाई राखेर मध्यस्थताको प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *