धरान आउँदै गरेकी महिला गुडिरहेको बसभित्रै मृत भेटिएपछि,संगै काखमा रहेकी तीन वर्षीया छोरी बिचल्ली

समाचार

धरानः भोजपुरबाट धरान आउँदै गरेको एक बसमा महिला मृत भेटिएकी छिन् ।धनकुटामा आइपुगेपछि उनी बसभित्रै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । बुधबार करिब साढे ३ बजे उनी धनकुटाको पात्लेखोलानजिक आइपुग्दा मृत भेटिएको कर्मचारी बसका कर्मचारीले बताएका छन्।

धरान आउँदै गरेको प्र १-०२-००१ ख ८१०७ नम्बरको सहयात्री नामक बसमा सवार भोजपुरको अरुण गाउँपालिका-५ घर भएकी करिब ३५ वर्षीया कमला भुजेल श्रेष्ठ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार सिटमा घोप्टे परेको र अचेत अवस्थामा उनी भेटिएकी थिइन्।

बसका कर्मचारीले थाहा पाएपछि उनलाई जिल्ला अस्पताल धनकुटा लगिएको थियो। त्यहाँ पुगेपछि उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।उनी भोजपुरबाट तीन वर्षीया छोरीसँगै बसमा चढेको बसका कर्मचारीहरु बताउँछन् । उनी भोजपुर घर भएपनि श्रीमानसहित धरानमा बस्दै आएको प्रहरीले जनाएको छ।

डिएसपी कार्कीका अनुसार उनी माइतीगाउँबाट धरान फर्किदै थिइन् । प्रहरीले उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाएको छ । डिएसपी कार्कीले भने थप अनुसन्धान अघि बढाइसकेको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *