नपत्याउने गरी घट्दै पेट्रोलियम पदार्थको मुल्य

समाचार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । भारतले पेट्रोलियम पदार्थको मूल्यसूची पठाउँदा पहिलेको तुलनामा मूल्य कम खरीद मूल्य पठाएपछि नेपालले पनि सोहि अनुसार मूल्य समायोजन गर्न लागेको हो ।भारतीय आयल निगमले नेपाललाई हरेक अंग्रेजी महिनाको १ तारिख र १५ तारिखमा नयाँ मूल्यसूची पठाउने गर्दछ । भारतीय आयल निगमले १५ डिसेम्बर अर्थात् मङ्सिर २९ गते नयाँ मूल्य सूची पठाएको छ । भारतीय आयल निगमले घटाएर नयाँ मूल्यसूची पठाएपछि नेपालमा पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको हो ।

निगमले भोलि शुक्रबार नयाँ मूल्यसूची सार्वजनिक गर्ने तयारी गरेको छ । निगम स्रोतले भन्यो ‘भारतबाट घटेको मूल्यसूची आएको छ, शुक्रबार बैठक बसेर नयाँ मूल्य सूची तोक्ने छौ, के मा कति घटाउने भन्ने शुक्रबार नै टुंगो लाग्छ, डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य घटेर आउने छ ‘।अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि भारतले पनि घटेको मूल्य सूची पठाएको हो । भारतीय आयल निगमले यस अघि डिसेम्बर १ मा पनि मूल्य घटाएर पठाएपनि नेपाल आयल निगमले भने आफ्नो उच्च घाटालाई देखाउदै मूल्य घटाएको थिएँन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *