काठमाडौंको सिभिल अस्पतालमा मल्ल प्रचण्डको मृत्यु

समाचार

काठमाडौं। वरिष्ठ रंगकर्मी प्रचण्ड मल्लको निधन भएको छ। केही समयदेखि श्वासप्रश्वासको समस्याबाट ग्रस्त रहेका ८८ वर्षीय मल्लको शुक्रबार उपचारका क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको हो ।स्वास्थ्यमा थप समस्या भएपछि शुक्रबार दिउँसो १२ बजे अस्पताल पुर्‍याइएकोमा २ बजे निधन भएको कलाकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए । शर्माका अनुसार मल्लको शुक्रबार साँझ पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

मल्ल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक उपकुलपति हुन् । शर्माले मल्लको निधनसँगै रंगमञ्चले एक कुशल रंगकर्मी गुमाएको बताए ।मल्लले थुप्रै नाटकको निर्देशन गरेका छन् । त्यस्तै उनले थुप्रै नाटकको लेखन र अभिनय समेत गरेका छन् । उनले निर्देशन गरेका ‘पृथ्वीनारायण शाह’,‘पत्थरको कथा’,‘फर्केर हेर्दा’ लगायतका नाटक चर्चित छन् । बालकृष्ण समको ‘नेपाल कला मण्डल’बाट मल्लले नाट्ययात्रा शुरु गरेका थिए।

स्वर्गीय मल्लकी एक छोरी छिन्। मल्लले बालकृष्ण समसँग रहेर नाट्ययात्रा अघि बढाएका हुन्। मल्लले समकै निर्देशनमा अमरसिंह, भीमसेनको अन्त्य,प्रह्लाद,राजेन्द्रलक्ष्मी जस्ता नाटकमा अभिनय गरे। sorce nuwakotexpress

Leave a Reply

Your email address will not be published. Required fields are marked *