एकैपरिवारका तीन जनाको मृत्’यु,पुरै गाउँ नै शो’कमा डु’ब्यो!

समाचार

एकैपरिवारका तीन जनाको टिपरको ठ’क्क’रबाट मृत्यु भएपछि शोकमा बलान बिहुल गाउँपालिका–२ दिघियावासीको घरमा चुल्हो बलेको छैन ।बिहीबार लहानमा टिपरले ठ’क्क’र दिँ’दा बलान बिहुल गाउँपालिका–२ दिघियाका एकै परिवारका ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादवको मृत्यु भएपछि गाउँ नै शो’कमा डुबेको हो ।

प्रदेश २–०१–००२ प २६८२ नम्बरको मोटरसाइकलमा एकै परिवारका ४ जना चढेर घरतर्फ आउने क्रममा लहान–३ स्थित लहान–ठाडी सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको स.१क २६२ नम्बरको टिपरले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रमुख डीएसपी डा. तपन दाहालले जानकारी दिए ।

उनका अनुसार तीन जनाको मृ’त्यु भएको र एक जना घाइते छन् । एकैपरिवारको तीन जनाको मृ’त्यु भएपछि चलेको परिवारको रुवाबासीले गाउँ नै शोकमा डु’बे’को स्थानीय कविता यादवले बताइन् । ‘मृ’तक परिवारमा रू’वाबासी चलेपछि शो’कले गाउँमा कसैको चुल्हो बलेको छैन,’ उनले भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *