भोलि र पर्सी सार्वजनिक विदा

समाचार

काठमाडौं। भोलि र पर्सी सार्वजनिक विदा दिइएको छ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले उधौली पर्व र योमरी पून्ही–ज्यापु दिवस (धान्य पूर्णिमा)का अवसरमा देशभरका सम्बन्धित समुदायका लागि आइतबार बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयले सूचनामार्फत जानकारी दिएको छ । यसरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा पर्ने भएको हो ।

विदा सम्बन्धी सूचना जारी गर्दै गृहमन्त्रालयले भनेको छ,‘वि.सं. २०७८ साल पौष ४ गते आइतवारका दिन उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) को अवसरमा देशभरका सम्बन्धित समुदायका लागि विदा र काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८-०९-०१ गते निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीकको लागि योसूचना प्रकाशित गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *