पेटमा ग्यास भरिने,डकार आउने समस्या छ? हुनसक्छ यस्तो रोगको संकेत

स्वास्थ्य

काठमाडौँ । भुडीमा ग्यास भरिने र अफ्ठेरो नै पर्ने गरि दिशा गर्ने ठाउँ बाट ग्यास निस्किने (पाद जाने) ले धेरै जना ग्रसित भए पनि हामि एस बारे खुलेर कुरा गर्न हिच्किचाउछौ।हामि सबैको भुडी र आन्द्रामा थोरै धेरै मात्रामा ग्यास हुने नै गर्दछ। त्यस ग्यासले बिरामीलाई पेट फुल्लीएको जस्तो अनुभब हुन सक्छ, धेरै डकार आउन सक्छ, पेट दुख्न सक्छ वा पाद जान सक्छ। पेटमा ग्यास भरिएको अनुभब हुदा, प्रायः लाइ डकार आएर वा पाद आइसके पछि केहि कमि भएको अनुभब हुन्छ।केहि व्यक्तिहरु को भुडी वा आन्द्रा अति संबेदनशील हुन्छ र त्यसैले थोरै ग्यास भरिदा पनि धेरै अफ्ठेरो अनुभब गर्छन।

लक्षणहरु:डकार (belching) आउनु एउटा सामान्य प्रक्रिया हो र हामीले निलेको हावा को मात्रा भुडी मा अत्यधिक हुदा डकार आउने गर्छ। हामीले निलेको हावा या त डकार गरेर बाहिर फालिन्छ या फेरी सानो आन्द्र्रा अनि ठुलो आन्द्रा को बाटो हुदै पाद (flatulence) बनेर बाहिर निस्किन्छ।पेट मा ग्यास भरिदा बिरामी लाइ अफ्ठेरो अनुभव हुन्छ।केहि बिरामीहरु भुडीमा थोरै ग्यास भरिदा पनि धेरै अफ्ठेरो भएको (bloating) अनुभव सुनाउनु हुन्छ। दिशा गर्ने बाटो बाट निस्किने ग्यास को कारण या त हामीले निलेको ग्यास हुन्छ या हामीले खाएको खाना पच्दा तेस बटा उत्पन्न ग्यास हुन्छ।

कारणहरु:हामि सबैले खाना निल्ने बेलामा केहि मात्रामा हावा पनि संगसंगै निल्ने गर्छौ। केहि व्यक्तिहरु जसले चुइगम वा चुसेर खानी क्यान्डी मिठाई हरु खाने गर्छन , उनि हरु बढी मात्रा मा हावा पनि निल्ने गर्छन।केहि कार्बोनेटेद (carbonated) चिसो पेय पदार्थ हरु, सोडा अनि बियर ले पनि बढी मात्रा मा ग्यास बनाउछन ।केहि मानसिक रोग जस्तै अङ्ग्शाइति (anxiety) ले ग्रसित रोगि हरु बढी मात्रा मा हावा निल्ने गर्छन।केहि खाने कुराहरु हाम्रो सानो आन्द्रा ले पचाउन असमर्थ हुन्छ । यी खाने कुरा हरु नपचिकन सानो आन्द्रा हुदै ठुलो आन्द्रा सम्म पुग्छन र त्यहाँ भएका किटाणुहरु ले यी खाने कुरा लै पचाउन कोसिस गर्दा हाइड्रोजन (hydrogen) र कार्बोन दाइ ओक्सैड (carbondioxide) ग्यास उत्पन्न हुन्छ ।

येस्ता खाने कुराहरुका केहि उदाहरण हरु हुन् : बन्दागोबी, फूल्गोबी ,ब्रोकौली ,गेडागुडीहरु ,चोकर आदि हुन्। केहि बिरामी लाइ दुध, आइसक्रिम र चिज (cheese) खादा ग्यास बन्ने ,पेट दुख्ने हुन्छ। येस्ता बिरामी को आन्द्रा मा दुध पचाउने इञ्जाइम ल्याक्टोज (lactase) को कमि हुन्छ।ग्यास बन्नु को आर्को कारण सानो आन्द्रा मा किटाणु हरु को संक्रमण ले गर्दा हुन्छ जसलाई ब्यक्तेरिअल ओवर्ग्रोथ (bacterial overgrowth) भनिन्छ। अनि अन्त मा दिशा सारो हुने र टाइम मा दिसा नहुनेलाइ पनि पेट फुल्लीएको अनुभव हुन सक्छ।

कस्ता बिरामीहरु लाइ ग्यास बन्ने जोखिम हुन्छ?१ माथि उल्लेखित खाने कुरा हरु र पेय पदार्थ सेवन गर्ने व्यक्ति हरु२ इरिटेबल बावेल सिन्ड्रोम (irritable bowel syndrome) भएका रोगिहरु३ पेट को अप्रेसन गरेका रोगीहरु

निदान– ग्यास्ट्रिक को संका लागेका व्यक्ति हरुलाई इन्डोस्कोपी गर्ने गरिन्छ।– ल्याक्टोज इन्तोलारंस (lactose intolerance)को संका लागे मा दुध ले बनेका पदार्थ बन्द गरेर हेरिन्छ।-सानो आन्द्रा मा किटाणु को संक्रमण पत्ता लाउन हाइड्रोजन ब्रेथ टेस्ट (hydrogen breath test)गरिन्छ।-धेरै मात्रा मा पाद जाने बिरामी हरु ले दिन भरि मा कति चोटी ग्यास जान्छ र कस्ता खाने कुरा खादा धेरै ग्यास जान्छ भनेर ख्याल राख्नु पर्छ । दिनभरी मा बिस चोटी सम्म ग्यास जानु लाइ नर्मल मानिन्छ।

उपचार१. चिसो पेय पदार्थ (कबोनाटेद), सोडा र बियरको सेवन बन्द गर्नु पर्छ।२. फुल्गोबी ,पत्तागोबी , चोकर,गेडागुडी ,ब्रोकाउली को सेवन बन्द गर्नु पर्छ।३. दुध र दुध बाट बनेका परिकार हरु खान हुदैन।४. चुइङ्ग गम र क्यान्डी मिठाई खान हुदैन।कुन खाने कुराले गर्दा पेट मा ग्यास बनेको हो भनेर पत्ता लाउन बिरामीहरुले एक एक गरि यी माथि उल्लेखित कुरा हरु बन्द गर्नु पर्छ।

सिमेथिकोन नाम गरेको औसधि को सेवन ले ग्यास कम गर्ने भनेर बजार मा भित्रिए पनि त्यति प्रभाबकारी चाहि देखिएको छैन। प्रयोग मा आएका अरु औसधि हरु जस्तै: चारकोलको ट्याब्लेट, बिस्मुथ सब्सालिसैलेट , अल्फा डी ग्यलेक्तोसिदेस (alpha d galactosidase) जस्ता औसधिले केहि बिरामीलाइ फाइदा भएको देखिएको छ।

इरीटेबल बावेल सिन्ड्रोम भएका रोगिलाइ ग्यासले गर्दा पेट दुखाइबाट दाइसैक्लोमिन वा हायोसमिनको उपचारले ठिक हुन्छ। ब्यक्तेरिअल ओवर्ग्रोथ भएर ग्यासको समस्या भएका लाइ एन्टीबायोटिकको उपचारले ग्यास कम गर्न सकिन्छ। यी सबै खानेकुरा बार्दा पनि ग्यासको समस्या रहेमा चिकित्सकको परामर्श लिनु जरूरी हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *