काठमाडौं : रामकुमारी झाँक्रीले भन्छिन् म नेपाल लाई बिकास गरेर सिंगापुर बनाउँछु शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले शक्तिको पछाडि विकास कुद्ने प्रवृत्तिले नेपाल पछि परेको टिप्पणी गरेकी छन् उनले न्यायोचित वितरण र योजनाबद्ध विकासको कामलाई अगाडि बढाउन आवश्यक रहेको बताइन् ।नेकपा (एकीकृत समाजवादी) धुलिखेल नगर कमिटीले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री झाँक्रीले विना योजना र अनुसन्धान शक्तिशाली मान्छेले बोलेका भरमा विकास हुँदै आएकाले सर्वसाधारणको जीवनस्तरमा फरकपना नदेखिएको बताइन् ।
उनले अहिले पनि मान्छेले सुने जानेका आधारमा लोकप्रियताका लागि स्मार्ट शहर भन्ने गरेको भन्दै समग्र देशको विकासको मोडालिटी शक्तिका पछाडि कुद्ने मात्रै भएको धारणा राखिन् ।अबको दिनमा योजना आयोगमा प्रविष्ट भएका योजनामा मात्रै बजेट विनियोजन भयो भने समयमा नै योजना पूरा हुने र त्यसको लाभांश छिट्टै नागरिकले पाउने अवस्था सिर्जना हुने मन्त्री झाँक्रीले बताइन्।