शिक्षक र विद्यार्थीलाई संक्रमण देखिएपछि विद्यालय बन्द

समाचार

तनहु :शिक्षक र विद्यार्थीलाई संक्रमण पुष्टि भएपछि तनहुँको एक विद्यालय बन्द गरिएको छ । बन्दीपुर गाउँपालिका-२ मा रहेको भानु माध्यमिक विद्यालयका दुई जना शिक्षक र सात जना विद्यार्थीलाई पुष्टि भएपछि साता दिनका लागि विद्यालय बन्द गरिएको हो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

५४ जना शिक्षक र विद्यार्थीको एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा उक्त संख्यामा पोजेटिभ पुष्टि भएको हो । शुक्रबारदेखि ७ पुससम्म विद्यालय बन्द गर्न गाउँपालिकाले निर्देशन जारी गरेको छ ।थप विद्यार्थीमा संक्रमण फैलन नदिनलाई शुक्रबारदेखि विद्यालय बन्द गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

भट्टराईले बताए । संक्रमितको ट्राभल हिस्ट्री भेटिएको उनले बताए । ‘घान्द्रुक शैक्षिक भ्रमणमा गएर फर्किएका एक विद्यार्थीलाई लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना पुष्टी भएको हो । उनको सम्पर्कमा रहेका शिक्षक र विद्यार्थीको परीक्षण हुँदा अन्य आठ जना थपिए’, उनले भने । संक्रमित आठ जनामा भने लक्षण नदेखिएको उनले बताए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *