ओमिक्रोनवारे चेतावनी दिँदै डब्लूएचओले भन्यो ‘नजरअन्दाज गर्दा भयानक परिणाम आयो’

बिश्व समाचार

काठमाडौ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनलाई वेवास्ता गर्दा भयानक परिणाम आएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चेतावनी दिएको छ । डक्लुएचओले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन विश्वव्यापी रुपमा अप्रत्यासित ढंगले तीव्र फैलिएको जनाएको छ ।नयाँ भेरियन्ट अहिलेसम्म ७७ देशहरुमा फैलिइसकेको पुष्टि भइसकेको छ । डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घेब्रियसले नयाँ भेरियन्ट ७७ बाहेक अन्य देशहरुमा पनि फैलिएको हुन सक्ने अनुमान गरेका छन् । ओमिक्रोन नियन्त्रण गर्न देशहरुले पर्याप्त तयारी नगरेको उनले बताए ।

‘अहिले धेरैले नयाँ भाइरसलाई नजरअन्दाज गरेका छन् । ओमिक्रोनले गम्भीर असर नगरे पनि यसको अप्रत्यासित संक्रमण दर वास्तवमै चिन्ताजनक छ,’ उनले भने ।ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा नोभेम्बरमा देखिएको थियो । नयाँ भेरियन्ट देखिएसँगै दक्षिण अफ्रिकामा दैनिक संक्रमितको संख्या पनि बढेको छ । स्वयम् राष्ट्रपति सिरिल रामाफोसालाई कोभिड भएको छ र उनी अहिले आइसोलेसनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *