फेरि एक हप्ताका लागि सरकारी/गैरसरकारी संस्था, विद्यालय,पसल सबै बन्द हुने!भर्खरै आयो यस्तो

बिश्व समाचार

एजेन्सी:युरोपेली मुलुक अस्ट्रियामा चौथो पटक लकडाउन भएको छ ।कोभिड संक्रमणमा तीव्र बृद्धि भएसँगै सरकारले फेरि लकडाउन घोषणा गरेको हो ।कोभिड खोपको पहुँच भए पनि अस्ट्रियाका धेरै नागरिकले खोप लगाएका छैनन्।विश्वको ठाउ ठाउमा त्रास फैलिएपनि नेपालमा भने आत्तिन पर्ने अवस्था अहिले सिर्जना भएको छैन। ***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******* यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *

यो पनि:अर्थमन्त्री जनार्दन शर्माले नागरिकको पसिनाको थोपा थोपाबाट सङ्कलन भएको राजस्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिनुभएको छ । शुक्रवार मन्त्रालयमा आयोजित राजस्व सचिव रामशरण पुडासैनीको बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जन

अधिकारको मर्मबमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । ‘राजश्व भनेको नागरिकको पसिनाको थोपा थोपाको सङ्ग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ’, उहाँले भन्नुभयो ।मन्त्री शर्माले राज्यका हरेक नीति निरन्तर सुधारको प्रक्रियामा रहेको भए पनि आफूले निरन्तर सुधारभित्र ‘गुणात्मक सुधार’ चाहेको बताउनुभयो । ‘निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ ।

निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवादी नीतिले परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न सक्दैन’, मन्त्री शर्माले थप्नुभयो, ‘मैले गुणात्मक सुधारका लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन, विश्लेषण गरेरै गर्ने हो तर गर्ने हो ।अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लाग्नुभएका राजस्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आउँदा दिनमा पनि उपयोग गर्ने बताउनुभयो ।

बिदाइ समारोहमा अर्थ सचिव मधुकुमार मरासिनीले सेवानिवृत्त हुन लाग्नुभएका सचिव पुडासैनीले नेपालको अर्थतन्त्र सुधारमा गरेको योगदानको चर्चा गर्दै विना कुनै दाग बिदाइ हुनु पनि सेवाकालको ठूलो सफलता भएको टिप्पणी गर्नुभयो । उहाँले सुधारको विकल्प थप सुधार नै भएको कुरामा जोड दिँदै आर्थिक क्षेत्रमा भएका परिणाममुखी सुधारमा सचिव पुडासैनीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

Leave a Reply

Your email address will not be published. Required fields are marked *