ट्रायल फेल भएपनि १२ हजार रुपैयाँमै नया लाईसन पाईने (सम्पर्क नंबर सहित)

समाचार

दलालहरुले त्यो दिन भन्दा अघि नै त्यहाँका कर्मचारीहरुसँगको सेटिङमा धेरै टोकनहरु एकैपटक लिएर आफूसँग राख्ने र कमाउ धन्दाका लागि बेच्ने गरेको त्यहाँ उपस्थित एक युवाले बताए । लाइसेन्सको प्रयोगात्मकमा झनै खतरनाक दृष्य लिखित परीक्षाको केही दिनपछि प्रयोगात्मक परीक्षा थियो । त्यो दिन लाइसेन्सको प्रयोगात्मकमा फेल भएपनि पास गरिदिने दलालहरूको त्यहाँ बिगबिगी थियो । उनीहरुको खुल्लमखुल्ला भनिरहेका थिए, ‘१२ हजार रुँपैया दिनुस् म पास गराइदिन्छु ।’ एक व्यक्तिले नाम उल्लेख नगर्ने सर्तमा

न्यूज भण्डारललाई भने भने, ‘त्यहाँ खुल्लमखुल्ला दलालहरुलाई आइरहेका थिए हामीलाई १२ हजार रुँपैया दिनुस् दिनु तपाईं ट्रायलमा फेल भएपनि हामी पास गराईदिन्छौ ।’ उनीहरूको त्यहाँ बार्गेनिङ चलिरहेको थियो । त्यहाँ त्यस्ता दलालहरु धेरै देखिन्थे । ‘यहाँको सिस्टम नै यस्तै छ यसरी जसले ट्रायल पास गर्न सकेन ती व्यक्ति पनि पैसा दिएर पास हुन सक्छ भन्ने प्रमाण आँखै अगाडि देखियो तर मैले त्यसरी पैसा दिएन, मैले सोचें कि म आफ्नी प्रयासमा म ट्रायल पास हुन सक्छु’ उनले भने । यातायात व्यवस्था कार्यालयमा देखिएको यस्तो घटनाले अयोग्य र असक्षम व्यक्तिहरुलाई पनि लाइसेन्स वितरण गर्ने गरेको भित्री रहस्य खुल्न गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *