फेरी बढ्न थाल्यो कोरोना संक्रमितको संख्या।बढ्दै छ जोखिम?

बिश्व समाचार

अफ्रिकामा को- रोना भाइरसको संक्रमण एक हप्तामै ८३ प्रतिशतले बढेको छ। पछिल्लो एक हप्तामा को- रोनाको संक्रमणदर ८३ प्रतिशतले बढेको र अस्पताल भर्ना हुनेहरुको संख्या पनि ७० प्रतिशतले बढेको बीबीसीले जनाएको छ । तर मृ-त्युदरमा भने विगतको तुलनामा अस्वभाविक कमि देखिएको खबरमा उल्लेख छ।

अस्पतालमा भर्ना भएकाहरुमध्ये जटिल समस्याका बिरामीको संख्या पनि विगत लहरको तुलनामा कम रहेको छ । सात प्रतिशत संक्रमित आईसीयूमा रहेको र १४ प्रतिशतलाई अक्सिजनको आवश्यकता रहेको खबरमा उल्लेख छ । यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले अफ्रिकामा संक्रमणदर उच्च रहे पनि सावधानीपूर्वक आशावादी रहने अवस्था देखिएको बताएको छ।

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक मात्शिदिसो मोइतीले अघिल्लो लहरको तुलनामा सिकिस्त बिरामी पर्ने र ज्यान गुमाउनेहरुको संख्या निकै कम रहेकाले आत्तिन नपर्ने तर सावधान रहनुपर्ने बताउनुभएको खबरमा उल्लेख छ ।काेराे-ना भा-ईरस (काे-भिड–१९) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *