जन्ती लिएर वेहुलीको घरमा पुगेका बेहुला विवाह गर्दागर्दै आधामा छोडेर भागेपछि…

समाचार

एजेन्सी।संसारमा अनेक घटना हुन्छन्।जसले मानिसको जिवनमा नै असर गर्छ।हिन्दु धर्मशास्त्र अनुसार विवाह बन्धन सात जुनीसम्मको नाता हो। त्यसैले यो सम्बन्धलाई निकै सम्मानका साथ निभाइन्छ।हिन्दु धर्ममा विवाहलाई दुई परिवारबीचको सम्बन्धका रुपमा लिइन्छ।त्यसैले विवाहमा वेहुला र वेहुली मात्र होइन दुई परिवारबीचको नाता सम्बन्ध जोडिने भएकाले यसको ठूलो महत्व हुन्छ।

तर आधुनिक समाजमा यसको महत्व कम हुँदै गएको भान हुन्छ।विवाहको निर्णय गरेर पनि अन्तिम अवस्थामा धोका भएका कति उदाहरण छन्।तर यहाँ त विवाह मण्डप वाटै बेहुला हराएका छन्।जन्ती लिएर वेहुलीको घरमा पुगेका बेहुला विवाह गर्दागर्दै आधामा छोडेर भागे पछि वेहुलीको अवस्था के भयो होला ?यस्तो घटना भारतको कर्नाटकको चिकामगालुरु जिल्लाको तिरिकारे तालुक गाउँमा भएको छ।आधा विवाह गर्दागर्दै बेहुला नबीन विवाह समारोहबाट भागेका हुन्।

बेहुला हराएपछि उनको खोजी गरियो तर उनी फेला परेनन्।यो घटनाले बेहुला र बेहुलीकै परिवार विक्षिप्त बनेका थिए।अनेक प्रयास गर्दा पनि नवीन नभेटिएपछि बेहुली सिन्धुले विवाहमा पाहुनाको रुपमा उपस्थित भएका एक पुरुषसँग सोही मण्डपमा विवाह गरेका थिए।सिन्धुको परिवार र ती पुरुषका परिवारबीच सहमति भएपछि विवाह गरिएको बैंगलौर मिररले जनाएको छ।यो घटनापछि बेहुलीको परिवारले विवाहको दिन भाग्ने नबीन र उनका परिवारमाथि मानहानीको मुद्दा हालेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *