काठमाडौँ । विवाहित हिन्दु महिलाहरुले सिन्दुर लगाउने गर्दछन् । यसलाई सौभाग्यको प्रतिकको रुपमा लिइन्छ । महिलाले सिन्दुर लगाउँदा श्रीमानको आयु बढ्ने जनविश्वास समेत रहिआएको छ । हिन्दु धर्ममा सिन्दुर लगाउनको लागि कैयौँ नियमहरु बताईएको छ । यसको पालन नगरेमा धेरै किसिमका समस्याहरु आउने सक्ने आशंका गरिएको छ ।विवाहित महिलाले सिन्दुर लगाउनु अघि शास्त्रमा भनिएको कुरालाई पछ्याउनु उत्तम मानिन्छ।
यसो गर्नाले धन बृद्धि हुँने बताइन्छ ।शास्त्रमा उल्लेख भए अनुसार नगरे श्रीमानको प्रगतीमा रुकावट आउँने ,धन हानी,खर्च बढ्ने र ऋण लाग्ने बताइन्छ ।त्यसकारण सिन्दुर लगाउनु अघि यी कुरामा ध्यान दिनु जरुरी छ,१.कुनै अर्को महिलाको सिन्दुर आफ्नो सिउँदोमा लगाउनुहुदैँन ।२.आफ्नो पति बाहेक अरुले किनेर दिएको सिन्दुर लगाउनुहुदैँन ।३.यदि कसैले तपाईलाई सिन्दुर उपहार दिन्छ भने त्यस्ता सिन्दुरहरु लगाउनुहुदैँन ।