दैनिक ७ घण्टा राजमार्ग बन्द रहने

समाचार

पाल्पा– सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडक खण्ड १५ दिनसम्म रातकाे समयमा दैनिक ७ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय पाल्पाले सोमबार एक सुचना जारी गरी मंसिर २८ गते देखि पुस १३ गतेसम्म सडक बन्द हुने जनाएको छ ।सडक चौडा बनाउन पहाड कटान गर्न सडक बन्द गर्न लागिएको हो । सडक डिभिजन कार्यालय पाल्पाका अनुसार सो अवधीमा बुटवल सिद्धबाबा देखि झुम्सा पुल र कालिमाटीदेखि गौडेपुलसम्म राति ९ः३० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने छ ।

यो पनि:रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंसिर २९ गते सार्वजनिक बिदा दिएको छ । सो दिन नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।‘सो मितीमा नगरपालिकाको कार्यालय सबै वडा कार्यालयहरु, स्वास्थ्य संघसंस्था, सम्पूर्ण सामुदायिक तथा संंस्थागत विद्यालय, क्याम्पस लगायतका सरकारी/सामुदायिक संघ संस्थाहरु समेत बन्द रहने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’–सूचनामा भनिएको छ । बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा सम्बद्ध सबैलाई कार्यलय परिसरमा उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *