भोली सार्वजनिक बिदा घोषणा

समाचार

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मंसिर २९ गते सार्वजनिक बिदा दिएको छ । सो दिन नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गर्ने कार्यक्रम रहेकाले सार्वजनिक बिदा दिएको नगरपालिकाले जनाएको छ ।‘सो मितीमा नगरपालिकाको कार्यालय सबै वडा कार्यालयहरु, स्वास्थ्य संघसंस्था, सम्पूर्ण सामुदायिक तथा संंस्थागत विद्यालय, क्याम्पस लगायतका सरकारी/सामुदायिक संघ संस्थाहरु समेत बन्द रहने व्यहोरा सबैमा जानकारी गराइन्छ ।’–सूचनामा भनिएको छ । बालमैत्री नगरपालिका घोषणा कार्यक्रममा सम्बद्ध सबैलाई कार्यलय परिसरमा उपस्थितिका लागि अनुरोध समेत गरिएको छ ।

त्यस्तै शैक्षिक क्षेत्रमा नेपालकै नमूना सामुदायिक शैक्षिक संस्था कालिका मानवज्ञान माध्यमिक विद्यालयमा प्रथम जिल्ला स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ । आगामी पौष १ देखि ७ गतेसम्म सप्ताहव्यापी सञ्चालन हुने प्रतियोगितामा रुपन्देहीका शैक्षिक संस्थाहरु बीच १६ वटा विधामा प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ ।

विद्यालयको ६५ औं वार्षिक उत्सवका अवसरमा आयोजना गरिएको प्रतियोगिताको विजेताले नगद ५० हजार पुरस्कार राशीसहित रनिङ्ग शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी द्वितीय हुने विद्यालयले ३० हजार तथा गृतीय हुने विद्यालयले २० हजार नगद राशी सहित कम मेडल तथा प्रमाणपत्रहरु प्राप्त गर्ने छन् । प्रतियोगिता बारे जानकारी गराउन मँगलबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानाध्यापक दिनेश थापाले प्रतियोगितामा जिल्लाका ३० बढी शैक्षिक संस्थाबाट हजार बढी विद्यार्थी प्रतिस्पर्धामा रहने बताए । प्रतियोगितमा १६ स्वर्ण, १६ रजत र १६ कास्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।

वि.स. २०७५ सालदेखि लगातार राष्ट्रिय ध्वजासहित पुरस्कृत एवम् सम्मानित हुँदै आएको यस विद्यालयले विगतका वर्षहरुमा बुटवल उपमहानगर स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको थियो भने यो वर्षदेखि प्रतियोगितालाई जिल्ला स्तरीय बनाइएको विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सञ्चार सल्लाहकार महेन्द्र थापाले बताए । सप्ताहव्यापी मुख्य समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समुद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहको छ । मूल समारोहका दिन पौष ७ गते विद्यालयमा स्थापना गरिएका विभिन्न अक्षयकोषबाट छात्रवृत्ति विवरण, पुरस्कार वितरण, मार्च पास, विज्ञान तथा प्रविधि प्रदर्शन लगायतका कार्यक्रम हुने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *