इन्डोनेसियामा ७ दशमलब ६ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पपछि सुनामीको चेतावनी दिइएको अमेरिकाको भौगाेलिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।देशको पूर्वी नुसा टेंगारास्थित फ्लोर्स समुद्रमा सो भूकम्प गएको हो । समुद्रबाट पाँच किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ।
भूकम्पको केन्द्रबिन्दु रहेको स्थानबाट एक हजार किलोमिटर क्षेत्रभित्र सुनामी आउन सक्ने चेतावनी दिइएको छ ।इन्डोनेसियामा बारम्बार भूकम्प जाने गर्छ । सन् २००४ मा ९ दशमलब १ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पपछिको सुनामीमा २ लाख २० हजारको मृत्यु भएको थियो । भूकम्प र परकम्पबाट ३ सयभन्दा बढी घर भ’त्कि’एका छन् ।
एउटा अस्पताल धुलोपीठो भएको छ भने प्रान्तीय गभर्नरको कार्यालयको भग्नावशेषमा अनेकौं मानिस च्यापिएका सरकारी अधिकारीले जानकारी दिएका छन् ।