हाम्रै गाउँ-घरमा पाउने गुणकारी भकिम्लो खानुका यति धेरै चमत्कारि फाईदा,जान्नु भयाे भने खाेजि-खाेजि खानुहुनेछ

स्वास्थ्य

हाम्रै गाउँ-घरमा पाउने गुणकारी भकिम्लो खानुका यति धेरै चमत्कारि फाईदा, जान्नु भयाे भने खाेजि-खाेजि खानुहुनेछ ।भकिम्लो मध्यपहाडी क्षेत्रमा पाइने गुणकारी वनस्पतिभित्र पर्छ ।भकिम्लाका झुप्पाका कलिला दानादानामा दहीजस्तो सेतो पदार्थ टाँसिएको हुन्छ । अमिलो वस्तु त्यही नै हो । छिप्पिएपछि से-तो पदा-र्थ हराउँछ र झुप्पा राता देखिन थाल्छन् ।

जब रातोपन चढिसक्छ तब अमिलो पुरा पसिसक्छ। टिपेर ल्याएको फललाई सिधै घामको किरण नपर्ने गरी हवाइलो ठाउँमा राख्नुपर्छ । सुकेपछि थुन्से, डोकाडालामा राख्न सकिन्छ । भकिम्लालाई वर्षदिनसम्म झुप्पै पनि राख्न सकिन्छ । गर्मी महिनामा भकिम्लोपानीको निकै महत्त्व हुने गर्दछ ।

यसका दाना पानीमा मिचेर नुन चिनी र मरिचको धुलो मिसाएर बनाएको सर्बत ज्यादै मीठो हुन्छ । ठुलाठुला तारेहोटलसमेतमा यस्तो सर्बतको माग हुने गरेको पाइएको छ । भकिम्लो औषधीय गुणले भरिपूर्ण छ । पखाला र रगतमासीको याे ओखती हो । दाना पानीमा भिजाएर अलिअलि नुन छरी एक दुई गिलास स्वाट्ट खाने हो भने पखाला रोकिजान्छ ।

यो कुनै झुठ कुरो हैन । र-गतमासी निको पार्ने क्षमता पनि भकिम्लासँग छ । भकिम्लोपानीको सेवनले पेटमा भएका जु-काचु-र्नासमेत भस्याकभुसुक म* र्छन् । अनुहारमा भएका दाग पोतो आदि हटेर मुहार जगजग देखिन्छ । जरो आएको छ भने सेवन नगर्नु भन्ने बुढाबुढीहरूको कुरो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *