औषधिको पछाडि हुने गरेकाे रातो धर्काको अर्थ धेरैलाई थाहा नहुनसक्छ,थाहा नहुदाँ खतरनाक बन्नसक्छ।बेलैमा थाहा पाउनुहोस

समाचार

औषधिको पछाडि हुने गरेकाे रातो धर्काको अर्थ धेरैलाई थाहा नहुनसक्छ, थाहा नहुदाँ खतरनाक बन्नसक्छ ! । हामीलाई थाहा छ कि डाक्टरको सल्लाह बिना औषधि खानु हुँदैन तर सामान्यतय टाउको दुखेदेखि झाडावान्ता हुँदा भने कुन औषधि खाने भन्ने धेरैलाई ‘कन्ठ’ जस्तै भइसकेको हुन्छ ।यस्तो भएमा हामी आँफै पनि औषधि खाने गरेका छौँ । यो कुरा पनि थाहा नहुनेहरूका लागि भने विज्ञ ‘मेडिकल सञ्चालक’ हुन् । हामीमध्ये कतिपयले याद गरेका हुँदैनौं कि कुनै औषधिमा विशेष संकेत पनि हुन्छ भनेर ।

तपाईंले एकप्रति ट्याब्लेट औषधिको पछाडि हेर्नुभयो भने अधिकांशमा रातो धर्का देख्न सक्नुहुन्छ, दुखाइ कम गर्ने क-डा औषधि र एन्टिबायोटिक्समा विशेषगरी यस्तो संकेत कोरिएको हुन्छ ।यिनको खोलमा पनि यस्तो धर्सा हुन्छ । यसरी औषधीमा को-रिएको रातो धर्काको हो – डाक्टरको सुझाव वा प्रेसक्रिप्सनबिना खान नहुने । हालै भा-रतको स्वास्थ्य मन्त्रालयले पनि यसबारे जानकारी दिँदै जथाभावी औषधि नखान सुझाएको छ ।

मन्त्रालयको ट्विटरमा ‘रातो धर्का भएका औषधि डाक्टरको सल्लाह बिना नखानुस् । तपाईं जिम्मेवार भए औषधिले पनि राम्रो काम गर्छ।’मुम्बई मिररका अनुसार खासमा यो रातो धर्सा भएको औषधि मेडिकल पसलहरूमा पनि डाक्टरको सुझाव लेखिएको पत्रबिना बेच्न पाइँदैन त्यसैले ध्यान पु-याउनुहाेस्, चे-तावनी सहित आएको औषधि यसै खाँदा ज्या-नलाई राहतको साटो जो-खिम बढ्न सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *